मोडेल सुपर स्टार २०२४ प्रतियोगिता बौद्ध हेरिटेज, काठमाडौंमा भव्य समापन समारोहसहित सम्पन्न भयो, जहाँ उदाउँदो मोडलिङ प्रतिभाहरूले आफ्नो शैली, फेसन, र आकर्षण प्रदर्शन गरे। प्रतियोगितामा तेइस जना महिला र चौध जना पुरुष आकांक्षी मोडलहरूले सहभागिता जनाएका थिए, जसले विभिन्न आकर्षक चरणहरूमा प्रतिस्पर्धा गरे, प्रत्येकले आफ्नो शान र शैलीको प्रदर्शन गरे। प्रतियोगीहरूले चर्चित फेसन डिजाइनरहरू दुर्गा बिष्ट, सजिना बिष्ट, र चितवनबाट समीक्षा लामिछाने नेतृत्वको डिजाइनरहरूको टोलीद्वारा तयार गरिएको आकर्षक पहिरनमा र्याम्पमा हिँडे। यी सुन्दर पहिरन र प्रतियोगीहरूको आत्मविश्वासले प्रतियोगितालाई एक भव्य फेसन शो बनायो।
पुरुषहरूको श्रेणीमा शिशिर र बसन्त लामिछाने जुम्ल्याहा दाजुहरूले उत्कृष्ट प्रदर्शन गर्दै मोडेल सुपर स्टार २०२४ को शीर्ष स्थान हात पारे। महिला तर्फ, प्रशंसा बुढाथोकी विजयी भइन्, जसले आफ्नो सौन्दर्य र आत्मविश्वासले निर्णायकहरूलाई प्रभावित गरिन्। विजेताहरूलाई आयोजक टोलीका रमेश शाही, सञ्जय रौनियार, र प्रमिला सिलवाल द्वारा सम्मान गरियो . अलिशा बस्नेत ले फर्स्ट रनर अप को स्थान हासिल गरिन्,विशेष पुरस्कारहरूमा सुस्मिता श्रेष्ठ, अलिशा लो, र मनिषा राजवंशी लाई आयोजकको छनोट पुरस्कार प्रदान गरियो। मिस्टर र मिस मल्टिमिडिया को उपाधि प्रवेश पाण्डे र अलिशा बस्नेत लाई प्रदान गरियो, सर्वश्रेष्ठ पोशाक पुरुष र महिला को पुरस्कार आकाश झा र प्रशंसा बुढाथोकी ले जिते, अनुशासित पुरुष र महिला को श्रेणीमा राजीव महर्जन र आयुष्मा उप्रेती उत्कृष्ट ठहरिए। सर्वश्रेष्ठ वाक को पुरस्कार छेवाङ शेर्पा र कल्पना महतो ले जिते, जसले र्याम्पमा आफ्नो आत्मविश्वास र शालीनता देखाए।
कार्यक्रममा प्याराडाइज ब्लाइन्ड र नेग्रो डेनिम नेपाल को स्टाइलिश जीन्स कलेक्सनले पनि प्रदर्शनी देखाइएको थियो, जसले कार्यक्रमको ग्लामरस वातावरणलाई अझ सुन्दर बनायो। मोडेल सुपर स्टार २०२४ लाई स्मार्ट गफ एप ले प्रस्तुत गरेको थियो, र इमेज मेकर प्रा. लि. सँगको सहकार्यमा आयोजना गरिएको थियो। मुख्य प्रायोजकका रूपमा आइसीएस (इनोभेसन कम्युनिकेशन सिस्टम प्रा. लि.) रहेको थियो। कार्यक्रमको कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर र मिडिया व्यक्तित्व रोजिन शाक्य द्वारा गरिएको थियो, जसले कार्यक्रमलाई आकर्षक र व्यवस्थित बनायो। समारोहमा थप मनोरञ्जन प्रदान गर्नका लागि लोकप्रिय कलाकारहरू रामचन्द्र काफ्ले, सपान श्रेष्ठ, र हास्य कलाकार जीतु नेपाल ले आफ्ना प्रस्तुतीहरू दिँदै दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।



