मिस एण्ड मिसेज नेशनल क्वीन २०२४ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा आयोजित कार्यक्रममा प्रकृति पौडेल लाई मिस नेशनल क्वीन २०२४ को ताज प्रदान गरियो भने बिना श्रेष्ठ लाई मिसेज नेशनल क्वीन २०२४ को उपाधि दिइयो। यो कार्यक्रम ओएसिस इन्टरटेनमेन्ट एण्ड इभेन्ट्स हब र ब्राइट फ्युचर डान्स सेन्टर नेपाल प्रा.लि. को सहकार्यमा आयोजित गरिएको थियो।
कार्यक्रममा कृतिका गुरुङ ले मिस श्रेणीमा फस्ट रनर अपको स्थान प्राप्त गरिन्। यसैगरी, प्रकृति पौडेल ले मोस्ट पपुलर अवार्ड जितिन्, कोपिला घर्ती ले आयोजकको छनोट पुरस्कार पाइन भने टिका कार्की ले पब्लिक च्वाइस अवार्ड जितिन्। मिसेज श्रेणीमा एलिना उप्रेती फस्ट रनर अप बनिन् भने रमा साजेल सेकेन्ड रनर अपको स्थनमा रहे। अनिशा मल्ल ले आयोजकको छनोट पुरस्कार जितिन्, जबकि बिना श्रेष्ठ ले पब्लिक च्वाइस अवार्ड जितिन्। मेनुका प्रधान लाई मोस्ट पपुलर श्रेणी मा विजेता घोषित गरियो।
कार्यक्रमको कोरियोग्राफी म्यानहण्ट इन्टरनेसनल नेपाल २०१२ का सानिश शाक्य द्वारा गरिएको थियो।




