Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाण्डौ— आश्विन २०, २०८१

सौन्दर्य प्रतियोगिता ‘द फेस अफ सुपर मोडल, २०२४’ को उपाधि साईमन श्रेष्ठ र सन्ध्या परियारले जितेका छन्। एभरेस्ट ईभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा साईमन र सन्ध्याले क्रमशः महिला र पुरुष तर्फको शिर्ष उपाधि हात पारेका छन्।

प्रतियोगितामा आयुष ताम्राकार र सशिकला घिसिङ्ग ‘फस्ट रनर अप’ भए भने आर्यन शाह र प्रमिशा कोइराला ‘सेकेन्ड रनरअप’ घोषित भए। त्यस्तै बिधागत तर्फ बिराज थापा र जेनिशा राउत अर्गनाईजर चोईस, वाङ्गेल राई र जेनिशा मगर ब्राण्ड एम्बासडर, कृति लामा भ्यालेन्टिनो द बुटिक ब्राण्ड एम्बासडर, रुपा रश्मि कुलुङ, स्मृति लिम्बु र बिपन परियार मस्ट पपुलर अवार्ड बिजेता घोषित भए।

आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा बिजेताले बिस हजार नगद सहित ब्रिटिस कलेजको तर्फबाट एक लाख बराबरको शैक्षिक छात्रवृत्ति, एवरेस्ट फिल्म एकेडेमीमा एक लाख बराबरको छात्रवृत्ति, मुए थाई बक्सिङ्को तीन महिने प्रशिक्षण, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेन्टको तर्फबाट एक लाख पचास हजार बराबरको छात्रवृत्ति, फ्लाई टेक ईन्टरनेशनलमा चालिस हजार बराबरको एयर होस्टेस प्रशिक्षण, ब्रिटिस अमेरिका एजुकेयरको तर्फबाट शैक्षिक छात्रबृत्तिसंगै मूभी टिकेट, आवरण स्किन केयर, लक्सोरा लेदर्स, करुना ब्युटी पार्लर, एन प्लस प्रोफेसनल तथा ऊप्स नेपालको तर्फबाट आकर्षक उपहारहरु प्राप्त गरेका छन।

युवायुवतीहरुको आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर, प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार एएनपी मिडिया हाउसले विगत पाँच वर्षदेखि ‘लिटिल स्टार नेपाल’ प्रतियोगिता संचालन गर्दै आएको प्रतियोगिताका आयोजक कृष्ण श्रेष्ठले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय