Thursday 12 December 2024 / बिहीबार, २७ मंसिर २०८१

आईतबार सन् २०२१ को पहिलो कारोबारको दिन नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ। नेप्से ८८।१२ अंक बढेर २१७५।३९ विन्दुमा पुगेसँगै नेप्सेले नयाँ रेकर्ड बनाएको हो।

नेप्सेले बिहिबार २०२०को अन्तिम कारोबारमा बनाएको रेकर्ड तोड्दै आईतबारकोे कारोबारमा नयाँ रेकर्ड बनाएको हो । गत बिहीबार नेप्से २०८७।२७ विन्दुमा बन्द भएको थियो।

आईतबारको कारोबारमा सेन्सेटिभ इण्डेक्स १७।१८ अंक बढेर ४१५।८८ विन्दु कायम भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको आईतबारको बजारमा २१२ कम्पनीको ५४ हजार ६९८ पटकमा एक करोड ४० लाख २६ हजार कित्ता शेयर खरिदबिक्रि भएको छ ।
आजको कारोबारमा कुल ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । बिहीबार नेप्सेमा ५ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

आइतबार नेप्सेसँगै कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेका छन्। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९।६४ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक ६।१९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।

हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल पुनर्बीमा कम्पनी र प्राइम कमर्शियल बैंकको साधारण तथा संस्थापक शेयर कारोबारमा सकारात्मक सर्किट लागिि भएको कारोबारमा कुमारि बैंक, गुराँस लघुवित्त र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

त्यस्तै आईतबारनै कारोबार खुलेको प्रभु लाईफ इन्सुरेन्सको शेयर कारोबार तल्लो रेञ्ज नजिकबाट कारोबार खुलेको छ । पहिलो कारोबारको लागि इन्स्योरेन्सले १०९ रुपैयाँ ५६ पैसा देखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।

स्पेशल प्रि ओनिङ्ग सेसनमा कम्पनीको १० कित्ता शेयर १३७ रुपैयाँ किनबेच भए अनुसार नियमित सेसनमा खरिदबिक्रिको लागि कम्पनीको शेयर कारोबार खुलेको हो। आजको अन्तिम मूल्य १४१ कायम भएको छ ।

पुस १७ गते इन्सुरेन्सको २ करोड कित्ता साधारण शेयर
नेप्सेमा सूचीकरण भएको थियो।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय