Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

एस अफ मोडल्स अन फायर सिजन टूको फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । राजधानी शहरको शंखमुल स्थित अनमोल ब्याङ्क्वेटमा आयोजना भएको यो प्रतियोगितामा शरद के.सी.र प्रिन्सेस् खड्काले विजेताको अवार्ड जिते संगै जनही नगद पुरस्कार रु पच्चीस हजार पनि प्राप्त गरे । प्रतियोगितामा शाहील बिसुङ्खे र श्रृषा खड्का फस्ट रनर अप विजेता बने । उनीहरुले जनही नगद पुरस्कार रु पन्ध्र हजार प्राप्त गरेका थिए । प्रतियोगितामा जेन लामा दिपिका सिंह सेकेन्ड रनर अप विजेता चयन भएका थिए ।

क्याप्चर फोटोग्राफीले आयोजना गरेको यस प्रतियोगितामा शाहिल बिसुङ्खे र शितल पुन डिसिप्लीन, शरद के.सी. र स्नेहा श्रेष्ठ मोस्ट पङ्चुयल, शुभिरन गुरुङ र अनुशा चौधरी वेष्ट हेयर अवार्ड जितेका थिए । प्रतियोगितामा रिया चौधरीले मल्टिमिडिया र मोस्ट पपुलर अवार्ड जित्दा पुरुष तर्फ जेन लामाले मल्टिमिडिया, पब्लिक च्वाइस, मोस्ट पपुलर तथा ट्यालेन्ट विधाको अवार्ड आफ्नो नाममा लेखाएका थिए । खुशी गुप्ताले पब्लिक च्वाइस, वेष्ट फिगर तथा ट्यालेन्ट अवार्ड जितिन् । यसैगरी निराजन भण्डारी र दिपिका सिंहले मोस्ट फोटोजेनिकको अवार्ड जित्दा कृतन श्रेष्ठ वेष्ट फिजिक, रचन श्रेष्ठ र श्रषा खड्का वेष्ट पर्सनालिटी, कृष्ण लामा र स्वस्तिका खरेल कमर्सियल मोडल तथा शरद के.सी. र प्रिन्सेस् मल्ल वेष्ट वाक विधा उत्कृष्ट ठहरिएका थिए ।
कार्यक्रम आयोजक संस्थाका लागि रवि श्रेष्ठ प्रमुख थिए भने इभेन्ट निर्देशकमा पबिन्द« श्रेष्ठ तथा अफिसियल डिजाइनरका रुपमा सोनम सुब्बा लिम्बु रहेका थिए । चर्चित कर्मसियल फोटोग्राफर राज भाई सुवाल प्रमुख अतिथि रहेको यस मोडलिङ प्रतियोगिताको कोरियोग्राफर रोहन श्रेष्ठ रहेका थिए । कार्यक्रममा अभिनेता गौरव पहाडी विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय