Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

विवाहित तथा अविवाहित महिलाहरुको सहभागितामा संचालन भएको मिस एण्ड मिसेस् युनिभर्सल २०२४ को फाइनल प्रतियोगिता सम्पन्न भएको छ । स्पार्कल इन्टरटेन्मेन्टको ब्यानरमा नितु श्रेष्ठको आयोजनामा सम्पन्न प्रतियोगितामा मिस तर्फ जिया राईले मिस युनिभर्सल २०२४ को उपाधि जितिन् भने सुश्मिता श्रेष्ठ र दिपशिखा देवकोटा क्रमशः मिस तर्फ फस्ट तथा सेकेन्ड रनर अप छनौट गरिएका थिए । मिसेस् तर्फ भने रोजी थापाले मिसेस् युनिभर्सल २०२४ को उपाधि जित्न सफल भइन् । मिसेसतर्फ सरु घिमिरे र गोपीमाया थुलुङ क्रमशः फस्ट तथा सेकेन्ड रनर अप चयन भएका थिए । मिस तथा मिसेस् तर्फका विजेताहरुले जनही रु पच्चीस हजार नगद पुरस्कार प्राप्त गरेका थिए । राजधानी शहरको नक्साल स्थित लिसारा रिसेप्सन्समा संचालन भएको मिस एण्ड मिसेस् युनिभर्सल २०२४ प्रतियोगिताको कोरियोग्राफी अभिनेता एवं मोडल दिक्पाल कार्कीले सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय