Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवा युवतीहरुमा लक्षित फेश अफ सुपर मोडल २०२४ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा साइमन श्रेष्ठ र सन्ध्या परियारले फेश अफ सुपर मोडल २०२४ को उपाधि जित्न सफल भएका छन् । विजेताका रुपमा साइमन र सन्ध्याले जनही रु बीस हजार नगद पुरस्कार प्राप्त गरेका छन् । जमल स्थित राष्ट्रिय नाचघरमा संचालन भएको फाइनल प्रतिस्पर्धामा आयुष ताम्राकार र शशिकला घिसिङ फस्ट रनर अप तथा आर्यन शाह र प्रमिशा कोइराला सेकेन्ड रनर अप चयन भएका थिए । प्रतियोगिता मुख्य तीन उपाधि विजेताहरुले द ब्रिटिश कलेज, एआईटिम कलेज तथा एभरेष्ट फिल्म एकेडेमीका तर्फबाट छात्रवृत्ति प्राप्त गरेका छन् ।

एभरेष्ट इभेन्टस्का लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको यस प्रतियोगितामा विराज थापा र जेनिशा राउतले अर्गनाइजर च्वाइसको अवार्ड जिते भने वाङ्गेल राई र जेनिशा मगर इभेन्टका ब्राण्ड एम्बेसडरका रुपमा छनौट भएका थिए । कृति लामालाई भ्यालेन्टिनो द बुटिकका लागि ब्राण्ड एम्बेसडर घोषणा गरिएको थियो । प्रतियोगितामा रुपमा रश्मि कुलुङ, स्मृति लिम्बु र विपन परियार मोस्ट पपुलर विधातर्फ विजेता चयन गरिएका थिए । सुगन्धा अधिकारी र आर्शु महर्जन कार्यक्रमको कोरियोग्राफरका रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय