सिल्भर स्टार इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना भएको मोडलिङमा क्यारियर बनाउन इच्छुक युवा युवतीहरुमा लक्षित प्रतियोगिता नेक्स्ट फेशको उपाधि उर्मिला तामाङले जितेकी छिन् । विजेता बाहेक उर्मिलाले मोस्ट एलिगेन्टको अवार्ड पनि आफ्नो नाममा दर्ता गर्न सफल भइन् । प्रतियोगितामा तृषा सुवेदी फस्ट रनर अप बनिन् । उनले वेष्ट वाक र मोस्ट फोटोजेनिकको अवार्ड पनि हात पारिन् । अंकित श्रेष्ठ ब्राण्ड एम्बेसडरको अवार्ड संगै मोस्ट डाइनामिकको अवार्ड पनि जित्न सफल भए ।

यसैगरी अस्मिता जेएम वेष्ट पर्सनालिटी, रोशन श्रेष्ठ मोस्ट चार्मिङ, भुमिराज ठकुरी मोस्ट कन्फिडेन्ट, अनिशा मगर मिस फेसन आइकन तथा रोजिना थोकर मोस्ट ट्यालेन्टेडका रुपमा पुरस्कृत भएका थिए । प्रतियोगिताको कोरियोग्राफी सनिश शाक्यले गरेका थिए ।


