स्कूल अध्ययनरत बालबालिकामा लक्षित व्यक्तित्व, आत्मविश्वास, प्रतिभा मापनको सौन्दर्य प्रतियोगिता लिटिल फेश नेपाल २०२४को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर तर्फ स्याब्रिना गुरुङ र प्रनिश गौतम विजेताका रुपमा चयन भएका छन् भने स्पन्दन जंग थापा र अनुरा अधिकारीले फस्ट रनर अपको उपाधि जितेका छन् । जुनियरतर्फ रेजल श्रेष्ठले सेकेन्ड रनर अपको स्थान प्राप्त गरेका छन् । सिनियर तर्फ भने दिया अर्याल विजेता बनेका छन् भने सिन्थिया बज्राचार्य फस्ट रनर अप बन्न सफल भएका छन् ।

सिल्भर स्टार इन्टरटेन्मेन्टको आयोजनामा संचालन भएको प्रतियोगिता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो । प्रतियोगितालाई रेबिका राई र प्रनिश थापाले कोरियोग्राफ गरेका थिए ।


