Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

ग्रीन आर्टस् मिडिया प्रा.लि.को ब्यानरमा आयोजना गरिएको जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२४को फाइनल प्रतिस्पर्धामा दिव्या पात्राले वेष्ट वाकको उपाधि सहित मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२४को विजेताको ताज पहिरिन सफल भएकी छिन् । मोस्ट ट्यालेन्ट अवार्ड सहित जसु महर्जन फस्ट रनर अप तथा वेष्ट स्कीन अवार्ड सहित प्रत्युसा नेपाली सेकेन्ड रनर अप विजेता छनौट भएका छन् ।

प्रतियोगितामा वेष्ट पर्फमर अवार्ड सहित विभा बस्नेत मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२४ विजेता छनौट भएकी छिन् भने मोस्ट फ्रेन्डली अवार्ड सहित रोशनी महर्जन मिसेस् अर्थ इलाइट नेपाल २०२४ का रुपमा चयन भएकी छिन् ।

मिसतर्फका विजेता दिव्या र मिसेस्तर्फका विजेता विभाले आधिकारिक रुपमा यही नोभेम्बर महिनामा थाइल्याण्डको राजधानी शहर बैंककमा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् २०२४ मा मिस तथा मिसेस् तर्फ नेपालको प्रतिनिधित्व गर्नेछन् । सानेपा स्थित हेरिटेज गार्डेनमा अनिला श्रेष्ठको कोरियोग्राफी अन्तर्गत सम्पन्न मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२४ को फाइनल प्रतियोगितामा स्यान्ड्रिया राई मोस्ट डिसिप्लीन, लिली राई वेष्ट स्माइल, सितल बल चार्मिङ पर्सनालिटी, रिद्दीमा बिसुन्के वेष्ट हेयर तथा गंगा पुरी मोस्ट इन्सपायरिङ विधातर्फ विजेता छनौट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय