सिलौटो कटेजमा फासिङ फेसन कार्निभल २०२४ मार्फत् फेसनका विविध आयामलाई अवलोकन गर्न पाइएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजना र फासिङ फेसन बुटिकको संयोजन रहेको उक्त फेसन कार्यक्रममा डिजाइनर आस्मती साम्सुहाङ लिम्बुले तयार पारेका फ्युजन शैलीका पहिरनहरु प्रस्तुत गरिएको थियो ।

करिब दर्जन मोडलहरुले साँस्कृतिक तथा आधुनिकताको फ्युजन रहेका पहिरनदेखि विभिन्न साडीका शैलीहरुलाई आकर्षक ढंगबाट प्रस्तुत गरिएको थियो । कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् भने उनी स्वयं नै कार्यक्रमको शो स्टपरका रुपमा प्रस्तुत भएकी थिइन् ।

विभिन्न नृत्य प्रस्तुत सहितको उक्त कार्यक्रममा लोकप्रिय पप गायक धीरज राईको साँगीतिक प्रस्तुति पनि समेटिएको थियो ।


