Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, पछिल्लो समयमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने सुन्दर सुन्दरीहरुले नेपाल चिनाउने नेसनल कस्ट्युममा बढी मिहेनत गर्न थालेको अनुभव हुन्छ । आफ्नो देशको राष्ट्रियता, कला, साँस्कृतिक, धार्मिक, प्राकृतिक परिवेश संगै आफ्नो देशको जीवनशैली प्रतिनिधित्व गर्ने पहिरन भएकाले पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेसनल कस्ट्युमको विशेष महत्व रहँदै आएको पाइन्छ । यही सन्दर्भमा नेपाललाई मिस युनिभर्स २०२० मा प्रतिनिधित्व गरिरहेकी मिस युनिभर्स नेपाल २०२० अंशिका शर्माको नेसनल कस्ट्युम सार्वजनिक भएको छ । कान्तिपुर टि.भि.मा एउटा कार्यक्रम मार्फत् नै सार्वजनिक गरिएको अंशिकाको नेसनल कस्ट्युम हिमाल आरोहीहरुमा समर्पित देखिन्छ ।
ओडे टू माउन्टेनियर्स शीर्षक अन्तर्गत सो पहिरनको अवधारणा स्वयं अंशिका शर्मा हो भने यसको डिजाइन र डिटेलिङमा फेसन डिजाइनर विना घलेले मिहेनत गरेकी छिन् । हिमाल आरोही शेर्पा जाति, नेपालकै गौरवका रुपमा रहेको हिमाल आरोहणलाई सजिव रुपमा चित्रण गर्नका लागि सो नेसनल कस्ट्युममा सोही अनुरुपको विभिन्न पक्षहरुलाई समेटिएको पाइन्छ । जसका लागि नेपाल आविष्कार केन्द«का महावीर पुन, रितेश देव, कृष्ण देव र टिमले सो कस्ट्युमको प्रप्समा सहयोग गरेका हुन् भने राजेश शाक्यले गरगहना तयार पारेका हुन् । यसैगरी यो नेसनल कस्ट्युममा चित्रकलाको कार्य गौतम श्रेष्ठ र अविजित प्रजापतिले सम्पन्न गरेका छन् ।
पहिरनको महत्वपूर्ण पाटो रहेको माउन्टेनेरिङ सुटको विशेष भर्सन भने तेन्जिङ शेर्पाको एभरेष्ट आउटफिटले तयार पारेको हो । सो पहिरनको अभिन्न पक्षका रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको ह्यान्ड पेन्टेड थ्रीडि डिजाइनलाई आकर्षक रुपले समेटेको छ । हिमाल आरोहणको सफलता र गौरवलाई सो नेसनल कस्ट्युमले प्रतिकात्मक रुपमा चित्रण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय