Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं- राष्ट्रिय सभाका लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार बन्ने भएका छन्। उमेदवारी दिनका लागि बादल मकवानपुर हिँडिसकेको बादलका प्रेसविज्ञ किरण भट्टराइले जानकारी दिए।

२०७४ मा तत्कालीन मओवादी केन्द्रबाट थापा उम्मेद्वार बनेका थिए। नेकपाको एकता भंग भएसँगै बादल एमालेतर्फ लागेपछि माओवादी केन्द्रले बादललाई कारबाही गरेको छ।

शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए।

बैठकपछि गृहमन्त्री थापा उम्मेद्वारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय