Friday 3 July 2026 / शनिबार, २० असार २०८३

काठमाडौं,अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु एक सय ३२ केभी प्रसारणलाइनको टावर आपत्कालीन पुर्स्थापना प्रणाली इमर्जेन्सी रिस्ट्रोरेसन सिस्टम (इआरएस) टावर प्रयोग गरी सञ्चालनमा ल्याइने भएको छ ।

तामाकोशीको बाढीले रामेछापको मन्थली नगरपालिका–१३, देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारणलाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चारवटा टावरको तार ९कन्डक्टर०मा पनि क्षति पुगेको कारण उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौंको प्रसारणलाइन लिंक टुटेको छ । उक्त लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ ।

उक्त लाइनबाट विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारणलाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ । यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएको जलविद्युत् आयोजनाहरूको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती–लामोसाँघु प्रसारणलाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय