Saturday 10 October 2026 / आईतवार, २५ आश्विन २०८३

काठमाडौं, नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ। सोमबार रिलिज टिजरमा फिल्मका शीर्ष कलाकारहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठबीचको प्रेम, द्वन्द्ध र रहस्यालाई देखाइएको छ।अघिल्लो टिजरको अन्त्यमा सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो। दोस्रोमा नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न सकिन्छ।

‘मिसिङः केटी हराएको सूचना’ ले रहस्य र प्रेमको कथा मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ। यो फिल्मलाई बत्तीस वर्षअघिको चर्चित डकु–ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनले लेखन तथा निर्देशन गरेका हुन्। कम्बोडिया बस्दै आएका गौचनले झन्डै दुई दशकपछि नेपाल फर्किएका यो फिल्म बनाएका हुन्।

ट्राइ–सिटी पिक्चर्सको प्रस्तुति रहेको फिल्मको निर्मातामा गौचन स्वयं छन्। कार्यकारी निर्मातामा क्युएफएक्सका निर्देशक नकिम उद्दिन छन्। फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, कौशल्या ठाकुर, रीना रिमाल, ललिता देवी मिश्र, रूपेश मण्डल लगायत कलाकारहरूको अभिनय छ। अमर महर्जनको छायांकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्। फिल्म कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय