Tuesday 22 April 2025 / बुधबार, १० बैशाख २०८२

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्धलाई न्यायोचित र राष्ट्रिय हितमा अघि बढाएको दाबी गरेका छन्। सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध चाहेको पनि उल्लेख गरे।‘हामीले हाम्रो छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएका छौँ। हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, न्यायोचित र जिम्मेवार अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गर्छौँ,’ उनले भने।

प्रधानमन्त्री ओलीले विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट नेपाल चिन्तित रहको उल्लेख गर्दै भने, ‘वार्ताको माध्यमबाट ती सबै तनावहरूको शान्तिपूर्ण समाधान चाहन्छौँ । सबैले संयमतापूर्वक शान्ति स्थापनामा लाग्न जरुरी ठान्छौँ।’ प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग न्युयोर्कमा ६ असोजमा भएको भेटवार्तालगायतबारे भने केही उल्लेख गरेनन्।

उनले सरकारका सय दिनका बिचमा नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सम्झौता भएको तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबिच सिलिगुडी–काँकडभिट्टा सीमापार पेट्रोलियम पाइपलाइन तथा नेपालको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारका लागि भएको सम्झौतालाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तय भएकोसमेत उल्लेख गरेका छन्।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय