Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौं,फेसन, प्याजेन्ट र मोडलिङ विधामा कार्यरत विभिन्न व्यक्ति तथा संस्थालाई उनीहरुको सम्बन्धीत क्षेत्रमा संलग्नता, निरन्तरता, योगदान र उपलब्धीलाई सम्मान र पुरस्कृत गर्ने उद्र्दश्य अनुरुप फेसनफेयर अवार्ड २०२० आयोजना हुने भएको छ । ग्ल्यामर फोटोग्राफर कमल निकन क्षेत्री संस्थापक निर्देशक रहेको ड्रिम सर्च एजेन्सीको आयोजनामा संचालन हुने यो अवार्ड कार्यक्रमले फेसन, प्याजेन्ट र मोडलिङ क्षेत्रका नवप्रवेशी देखि लामो अनुभव सँगालेकाहरुलाई विभिन्न प्रतिस्पर्धात्मक तथा स्पेशल अवार्डबाट सम्मान गर्न लागिएको हो । अवार्ड समारोहका प्रतिस्पर्धात्मक विधाहरुको मनोनय सगै अनलाइन भोटिङको आधारमा विजेता तय गरिने र स्पेशल अवार्डका लागि व्यक्तिको यस क्षेत्रमा अनुभव, योगदान र उपलब्धीलाई आधार मानिने आयोजक संस्थाले उल्लेख गरेको छ । आयोजक संस्था ड्रिम सर्च एजेन्सीको सातौं वार्षिकोत्सवलाई अवसर बनाएर आयोजना गर्न लागिएको यो अवार्ड कार्यक्रममा संस्थासित आबद्ध भएर काम गरेका तथा यस क्षेत्रमा कम्तीमा दुई वर्षदेखि उल्लेख्य उपस्थिति जनाएकाहरुले अवार्डको विभिन्न विधामा मनोनयन संगै प्रतिस्पर्धा हुने जनाइएको छ । अवार्डका विभिन्न विधाहरु मध्ये केही विधाहरु इन्टरनेसनलतर्फ पनि छुट्याइएको छ । अवार्ड कार्यक्रम आगामी फेब्रुअरी १३ २०२१ मा भक्तपुर सुर्यविनायक स्थित होटल भादगाउँमा संचालन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय