Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

आगामी डिसेम्बरमा अमेरिकामा सम्पन्न हुने मिसेस् वर्ल्ड २०२४ मा नेपाललाई प्रतिनिधित्व गर्ने गौरव, पुरस्कारका रुपमा स्कुटर उपाधि सहित सोफी मिसेस् नेपाल वर्ल्ड २०२४ को ताज पहिरिन् सफल भएकी छिन् डेनिला कार्की । राजधानी शहरको प्रज्ञा भवनको डबलीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा आफ्ना २८ प्रतिस्पर्धीहरुमा आफूलाई अब्बल प्रमाणित गर्दै सोफी मिसेस् नेपाल वर्ल्ड २०२४ उपाधि डेनिलाले जितेकी हुन् । प्रतियोगितामा फस्ट रनर अप एलिना घिमिरे भइन् भने सेकेन्ड रनर अप तर्फ किरण कार्कीले उपाधि उचालिन् । थर्ड रनर अप तर्फ अनु कार्की विजयी भइन् । प्रतियोगितामा सुयशा राउतले मिसेस्् नेपाल इन्टरनेसनलको ताज पहिरिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधिको हकदार भइन् रेश्मा घिमिरे । दुवै जनाले सिंगापुरमा सम्पन्न हुने मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।
रिबन इन्टरटेन्मेन्टको ब्यानरमा आयोजित सो कार्यक्रम अश्विनी कान्त झाको कोरियोग्राफी रहेको थियो । कार्यक्रममा ऐना गजुरेल सह कोरियोग्राफर थिए भने रानी खरेल र सम्राट शाह संयोजकको भूमिका थिए । गंगा महर्जनको व्यवस्थापन रहेको कार्यक्रमको निर्देशन निशु कान्त झाले गरेका थिए ।

सोही समारोहमा नेपालकी अग्रज हास्य अभिनेत्री वसन्धुरा भुषाललाई बिगत ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान दिएको भन्दै मिसेस नेपाल वल्र्ड मानार्थ सम्मान २०२४ बाट सम्मानित गरियो । माईतिनेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनी कान्त झालगायतले भुषाललाई कार्यक्रममा सम्मान अर्पण गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय