आर.के. इन्टरटेन्मेन्ट ग्रुप प्रबन्ध निर्देशक, नृत्य निर्देशक तथा विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको नेपालका लागि नेसनल डाइरेक्टर समेत रहेका लक्की राम के.सी.ले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्राग्लोबल २०२४का लागि इन्टरनेसनल जुरीका रुपमा भूमिका निर्वाह गरेका छन् । इन्डोनेसियाको लमबोक टापुमा गत अक्टोबर २१ देखि संचालनमा रहेको मिस सुप्राग्लोबल २०२४ नामक सौन्दर्य प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि उनी इन्टरनेसनल जुरी बनेका हुन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अक्टोबर २७ मा सम्पन्न भएको छ । लक्की राम के.सी.को व्यवस्थापनमा आर.के इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा मिस ग्राण्ड नेपाल, मिस टुरिजम नेपाल, स्कूल प्रिन्सेस् तथा किन्डरकार्डेन प्रिन्स एण्ड प्रिन्सेस् नामक प्रतियोगिताहरु संचालन हुँदै आएका छन् ।


