Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

वासिङ्टन, धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन ।एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब १० मध्ये सात अमेरिकीले सन् २०२४ को राष्ट्रपतीय अभियानबारे चिन्तित वा निराश महसुस गरिरहेको र त्यति नै अनुपातले चासो राखेको बताएका छन् ।

केवल एक तिहाइले मात्र उत्साहित महसुस गरेको बताएका छन् ।अभियानको अन्तिम हप्तामा २०२४ को राष्ट्रपतीय प्रतिस्पर्धामाथि व्यापक अनिश्चितताको भावना छाएको छ । हालैका सर्वेक्षणहरूअनुसार राष्ट्रियस्तरमा र प्रमुख स्विङ राज्यहरूमा प्रतिस्पर्धा कडा छ । त्यहाँ न त डेमोक्रेट कमला ह्यारिस न त रिपब्लिकन डोनाल्ड ट्रम्पले कुनै मापनयोग्य फाइदा देखाउनुभएको छ ।

साथै उम्मेदवारहरूले एक अर्काको विपरीत समापन तर्कहरू प्रस्तुत गर्नुभएको छ । ह्यारिसले ट्रम्प बदलाको भावना र आफ्नै व्यक्तिगत आवश्यकताहरूमा मग्न रहेको तर्क गर्नुभएको छ भने ट्रम्पले आइतबार राति एक र्यालीमा ह्यारिसलाई ‘आफ्नो बाटोमा सबै कुरा नष्ट गरेकी रेल दुर्घटना’ भनेर सम्बोधन गर्नुभयो ।केही समूह घातक महामारीको बीचमा भएको चार वर्षअघिको चनावभन्दा अझै बढी चिन्तित छन् । सन् २०२० मा एपी–एनओआरसी सर्वेक्षणले करिब दुई–तिहाइ अमेरिकी चुनावबारे चिन्तित रहेको पाएको थियो । यो नयाँ नतिजाबाट तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण भिन्नता छैन तर पार्टी समर्थकहरूका लागि चिन्ता केही बढी छ ।

लगभग १० मध्ये आठ डेमोक्रेटले अहिले चिन्तित महसुस गरिरहेको बताएका छन् । यो अघिल्लो चुनावमा लगभग तीन–चौथाइबाट केही बढेको हो । लगभग दुई–तिहाइ रिपब्लिकन चिन्तित छन् र यो सन् २०२० मा करिब १० मध्ये छ को तुलनामा मध्यम वृद्धि हो ।त्यसको विपरीत स्वतन्त्रहरूमा अर्थपूर्ण परिवर्तन भएको छैन । उनीहरूले डेमोक्रेट वा रिपब्लिकनहरूको तुलनामा कम चिन्ता महसुस गरिरहेका छन् । लगभग आधाले चिन्तित रहेको बताएका छन् । यो सन् २०२० को नतिजासँग मिल्दोजुल्दो छ ।

विगतका चुनाव चक्रहरूको तुलनामा अन्य भावनाहरू बढी तीव्र भएका छन् र यसमा उत्साह पनि समावेश छ । लगभग एक–तिहाइ अमेरिकीले सन् २०२४ को अभियानबारे उत्साहित महसुस गरिरहेको बताएका छन् । यो सन् २०१६ को चुनावको लगभग एक–चौथाइबाट बढेको हो । तर बहुमत अमेरिकीले यस वर्षको दौडबारे उत्साहित नभएको बताएका छन् ।यद्यपि एउटा कुरा भने लगभग स्थिर रहेको छ र त्यो हो अभियानप्रति अमेरिकीहरूको निराशाको स्तर । करिब १० मध्ये सात अमेरिकीले निराश शब्दले उनीहरूको भावनात्मक अवस्था वर्णन गर्ने बताएका छन् । यो सन् २०२० सँग मिल्दोजुल्दो छ ।

तथापि ती अमेरिकीहरूका लागि क्षितिजमा उज्यालो छ– चाँडै चुनाव सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय