Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका छन् र बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग अनुरोध गरेकाछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय