Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

थाईल्याण्डको राजधानी शहर बैंककमा यही आउँदो नोभेम्बर ९ देखि १८ सम्म संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली युवा युवतीहरुले विभिन्न विधामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् । सो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशंसा बुढाथोकीले हेरिटेज जेम्स्को सिनियर विधामा, वसन्त लामिछानेले मिष्टर हेरिटेजमा, मनिशा राजवंशीले हेरिटेज पेटाइटमा, सुश्मिता श्रेष्ठले एमएस हेरिटेजमा र अलिशा लोले मिस हेरिटेज इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागिता जनाउन लागेका हुन् । उनीहरुले सबैलाई प्रमिला क्षेत्री नेपालका लागि नेसनल डाइरेक्टर रहेको संस्था प्रोमोटिङ सलुसनबाट सहभागिताको हेरिटेज प्याजेन्टस्मा सहभागिताका लागि अवसर प्राप्त गरेका हुन् ।

यस अघि सोही संस्थाको आयोजनामा सम्पन्न मोडल सुपरस्टार नामक प्रतियोगितामा वसन्त लामिछाने र प्रशंसा बुढाथोकी विजेताका रुपमा चयन भएका थिए । यस बाहेक हेरिटेज प्याजेन्टस्को फाइनल प्रतिस्पर्धाकै दिन अर्थात् १६ नोभेम्बरमा सम्पन्न हुने ग्राण्ड हेरिटेज् रनवेमा शिशिर लामिछाने मोडलका रुपमा सहभागिता जनाउने छन् फेसन डिजाइनर समिक्षा लामिछानेले आफ्ना सृजनालाई अन्तर्राष्ट्रियमा मंचमा प्रस्तुत गर्ने भएका छन् । यो टिमलाई इभेन्ट निर्देशक रमेश शाहीले नेतृत्व गर्दैछन् । सहभागि प्रतिस्पर्धीहरु मध्ये बसन्त लामिछाने र प्रशंसा बुढाथोकी मोडल सुपरस्टारका विजेता हुन् भने सुश्मिता श्रेष्ठ, एलिशा लो र मनिशा राजवंशी अर्गनाइजर च्वाइस विधाका विजेता हुन् । यसैगरी मोडलतर्फ सहभागि भएकाहरु शिशिर लामिछाने मोडल सुपरस्टारका विजेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय