Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौँ – नेकपा एमालेका माधव नेपाल समुहका सांसदहरुले आज सामुहिक राजीनामा दिने भएका छन् । केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत नेपाल समूहका सांसदहरुले राजिनामा दिने भएका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै नेपाल-झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले राजीनामा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाए पनि कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय