Thursday 3 September 2026 / बिहीबार, १८ भाद्र २०८३

युक्रेन, युक्रेनी राष्ट्रपतिका “चिफ अफ स्टाफ” ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिएपछि अधिकारीहरूले देशव्यापी रुपमा आक्रमणको चेतावनी जारी गरेका छन् ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राम मार्फत “पुटिनले पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका छन् । युक्रेनी सेनाले यसअघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभ तर्फ गइरहेको चेतावनी दिएको थियो ।

“सावधान १ चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ“, भन्ने सूचना टेलिग्राम मार्फत जारी गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको हत्यासहित एक हप्ताको निरन्तर आक्रमण पछि यो आक्रमण भएको हो । पछिल्लो समयमा मस्को र किभले एक अर्कालाई लक्षित गरी रातारात विभिन्न आक्रमणहरू गरिरहेका छन् । रूसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रूसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय