Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौँ, फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । आजैबाट रिलिजको तयारीमा रहेको फिल्म ‘केटी हराएको सूचना’ सरेको कारण यो फिल्मले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि देशभरको हल ‘ह्रस्व दीर्घ’ले मात्र पाएको छैन । किनभने लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुर’को सारङ्गी’ले अझै धेरै स्टेसन ओगट्दै आक्रमण व्यवसाय गरिरहेको छ ।

‘ह्रस्व दीर्घ’ अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेकी हुन् । फिल्म निर्माणमा उनलाई अभिनेता हरिहर अधिकारीले सहकार्य गरेका छन् । निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, निता ढुङ्गाना, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसीको अलावा भारतीय कलाकार ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा लगायतका कलाकारको अभिनय छ ।

फिल्मको निर्देशन चन्द्र पन्तले निर्देशन गरेका हुन् । अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरि तीन भाषामा रिलिज भएको फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय