Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौँ, नेपालमा गत असोज २४ गते रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ अस्ट्रेलियाको सिड्नीमा पनि रिलिज हुने भएको छ । फिल्म यही नोभेम्बर २२ मा सिड्नीमा रिलिज हुन लागेको हो । जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म सिड्नीको हस्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो ।वसन्त निरौला निर्देशित फिल्मलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको हो । पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठका अनुसार सिड्नीमा दर्शकले ‘ज्वाइँ साब’को माग गरेपछि रिलिज गर्न लागिएको हो । उनले अन्य सहरहरूमा पनि फिल्म रिलिजको तयारी भइरहेको जानकारी दिए ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशित फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारको अभिनय छ ।रेड आइ फिल्मसको ब्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय