काठमाडौं, बलिउड अभिनेता टाइगर श्राफको आगामी फिल्म (बागी ४) को पोस्टर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन्। यो फिल्म सन् २०२५ सेक्टेम्बर ५ देखि प्रदर्शन हुनेछ। सार्वजनिक पोस्टरमा टाइगर रगतले लतपत देखिएका छन्। बाथरूममा बसिरहेका उनको एक हातमा रक्सीको बोटल छ भने दोस्रो हातमा तलवार छ।
ए हर्षले निर्देशन गर्न लागेको फिल्ममा साजिद नाडियावालाको लगानी छ।ुबागीु लाई सब्बीर खानले निर्देशन गरेका थिए भने ुबागी २ु र ुबागी ३ु लाई अहमद खानले निर्देशन गरेका थिए।टाइगर पछिल्लो समय (सिंघम अगेन) मा देखिएका थिए।


