काठमाडौं, मंसिर १६ गते ४४ स्थानमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जिसस प्रमुख सहित १८ स्थानमा उमेद्वारी दिएन ।रास्वपाले कैलाली र ओखलढुंगाको जिसस प्रमुखसहित, मेयर, गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पद सबै गरी १८ स्थानमा उम्मेदवारी नदिएको हो ।ओखलढुंगाको जिसस प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराईको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।
यसैगरी कीर्तिपुर नगरपालिकाका मेयर पदमा र कीर्तिपुरकै वडानम्बर १ र ४ को अध्यक्षमा पनि रास्वपाले उम्मेदवारी दिएन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ र १ का अध्यक्ष, रौतहटको इशनाथ नगरपालिका ७ र राजपुर नगरपालिका ६ तथा गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पदमा पनि रास्वपा उम्मेदवारविहीन छ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको ५ नम्बर वडाअध्यक्ष, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्ष, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष र दार्चुलाको दुहुँ गाउँपालिका ५ को वडाध्यक्ष पदमा पनि रास्वपाले उम्मेदवारी दिएको छैन ।


