Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेनले यस सिजन एकरुपको प्रदर्शन गर्न सकिरहेको छैन । स्टार खेलाडी नेमारको चोट अनि विपक्षी टिमको उत्कृष्ट प्रदर्शनका कारण पीएसजीको प्रदर्शनमा उतारचढाब रहेको छ ।लिगकै पछिल्लो खेलमा पीएसजी लिलेसग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीपछि लियोनला २ गोलअन्तरमा पछि पार्दै लिले अंक तालिकाको शीर्ष स्थानमा उक्लँदा पीएसजी भने तेस्रो स्थानमै छ । १६ खेलबाट लिले र लियोनको समान ३३ अंक छ । समान खेलबाट ३२ अंकसहित पीएसजी तेस्रो स्थानमा यथावत छ । १४ खेल खेलेको मार्सले २८ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय