थाईल्याण्डको राजधानी बंैकक शहर यही नोभेम्बर १६ तारिखमा सम्पन्न हेरिटेज प्याजेन्टस् २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट हेरिटेज विधामा सहभागिता जनाएका बालबालिकाहरुले सफलता हात पारेका छन् । प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्टका तर्फ प्रतियोगिताका लागि नेसनल डाइरेक्टर धीरज तण्डुकारको नेतृत्वमा नभ्नी उलक, निशान उलक, क्यारिन दोङ र प्रणय मानन्धरले नेपालको प्रतिनिधित्व गरेका थिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा प्रणय मानन्धरले हेरिटेज जेम्स इन्टरनेसनल २०२४ को शीर्ष उपाधि जितेका थिए ।

क्यारिन क्यारिन दोङले हेरिटेज जेम्स वल्र्डको ताज पहिरिन सफल भइन् भने निशान उलक हेरिटेज जेम्स अर्थ फस्ट रनर अप तथा नभ्नी उलक हेरिटेज जेम्स एशिया फस्ट रनर अपका रुपमा चयन गरिएका थिए ।सहभागि चारै जना बालबालिका इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा सम्पन्न नेसनल किड्स अफ द इयर २०२४ का विभिन्न उपाधि विजेताहरु हुन् ।

सहभागि बालबालिका मध्ये क्यारिन दोङ नेसनल किड्स अफ द इयरका सिनियर तर्फका विजेता हुन् । निशान उलक फस्ट रनर अप हुन् भने प्रणय मानन्धर जुनियर तर्फका विजेता हुन् । नभ्नी भने सिनियरतर्फका मोस्ट डिसिप्लीन उपाधि विजेता हुन् ।

हेरिटेज प्याजेन्टस् २०२४ मा सहभागि भएका नेपाली बालबालिकाहरुको विभिन्न प्रस्तुतिका ड्रेसहरु भने कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर डे«ेस हायर सेन्टरले तयार पारेका थिए । ट्यालेन्ट राउन्डको लागि तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी हुन् भने प्रतियोगिताको लागि समग्र प्रस्तुतिका लागि फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । सहभागिहरुको फोटो तथा भिडियो सेसन मोमेन्टो स्टुडियोले सम्हालेको थियो ।

सन्तोष सापकोटा अध्यक्ष रहेको ई प्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजनामा संचालन भएको सो प्रतिस्पर्धाको समग्र संयोजन र व्यवस्थापन सिंगापुरका सुसन कोहले गरेकी थिइन् । प्रतियोगिताको स्टेज प्रस्तुतिकरण र कोरियोग्राफी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज एवं डान्स कोरियोग्राफर वेस्ली शले संयुक्त रुपमा सम्लाहेका थिए ।


