Friday 4 September 2026 / शुक्रबार, १९ भाद्र २०८३

भिल्नियस(लिथुआनिया), जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

“विमान भिल्नियस विमानस्थलमा अवतरण गने क्रममा केही किलोमिटर टाढा दुर्घटना ग्रस्त भएको जनाउदै अग्निनियन्त्रक तथा आपतकालीन सेवा एकाईका प्रमुख रेनाटास पोजेलाले चालक दलका एक जनाको मृत्यु भएको बताउनु भएको छ । उहाँका अनुसार दुर्घटनाको क्रममा एउटा घरमा आगलागीसमेत भएको थियो ।राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताउनु भएको छ ।
डीएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय