Sunday 19 January 2025 / आईतवार, ६ माघ २०८१

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले यस वर्षको प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को अवार्ड जितेको छ। यस सम्मानलाई फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर पत्रिकाले वार्षिक रूपमा प्रदान गर्छ।

अवार्ड समारोह लन्डनमा आयोजित थियो। जहाँ सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले अवार्ड ग्रहण गरे। १०० भन्दा बढी देशका बैंक प्रतिनिधिहरूको उपस्थिति रहेको यस कार्यक्रममा सिटिजन्स बैंकलाई विशेष गरी ग्राहक केन्द्रित डिजिटल बैंकिङ सेवाहरू, वित्तीय समावेशीकरण, र हरित बैंकिङका प्रयासहरूको उच्च मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको हो।

सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे ले अवार्ड ग्रहण गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा दिन अझ बढी प्रेरणा मिलेको बताए । उनले ग्राहकहरूप्रति धन्यवाद व्यक्त गर्दै, डिजिटल बैंकिङलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

त्यस्तै सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेल ले अवार्ड प्राप्त गर्नु बैंकको टिमवर्क र निरन्तर प्रयासको परिणाम भएको बताए । उनले भने, “यो अवार्डले हामीलाई अझ बढी ग्राहक-केंद्रित सेवा र डिजिटल प्रविधिको विकासमा केन्द्रित रहन प्रेरणा प्रदान गर्नेछ। हाम्रो उद्देश्य सेवा सरल, प्रभावकारी, र विश्वसनीय बनाउँदै अघि बढ्ने हो।”

ूबैंक अफ द इयरू अवार्ड सन १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैंकहरूलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा द बैंकर म्यागजिनद्वारा प्रदान गर्दै आएको छ। उत्कृष्ट वित्तीय प्रदर्शन (मुनाफा, स्थायित्व), नवीनता बैंकिङ (डिजिटल बैंकिङ र ग्राहक सेवामा सुधार० र दिगो विकास (हरित वित्त र सामाजिक उत्तरदायित्व) को मुल्यांकनमा उक्त अवार्ड प्रदान गरिन्छ। यो अवार्ड पाउनु भनेको ग्लोबल स्तरमा सम्बन्धित बैंकको पहिचान र ग्राहकहरूको विश्वास अभिवृद्धि गर्नु हो।

फाइनान्सियल टाइम्स को वार्षिक मूल्यांकनमा सिटिजन्स बैंकले वित्तीय गतिविधिको विस्तार, डिजिटल बैंकिङ सेवा, हरित वित्त र उत्कृष्ट ग्राहक सेवाको आधारमा यो अवार्ड जितेको हो। यस अवार्डले सिटिजन्स बैंकलाई डिजिटल र हरित बैंकिङमा थप सक्रिय हुन प्रेरित गरेको छ। बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र नवीनतम सेवा प्रवर्द्धन गर्ने योजना बनाएको छ।

सिटिजन्स बैंकले पहिलोपटक सुरु गरेको ‘सिटिजन्स वातावरणीय कोड’ अभियानमार्फत वातावरणमैत्री बैंकिङका लागि कदम चालेको छ। यो अभियान अन्तर्गत बैंकले हरित बैंकिङ प्रवर्द्धन गर्दै आएको छ। जसले डिजिटल माध्यमबाट सेवाहरू उपलब्ध गराई कागजको प्रयोग घटाउने लक्ष्य राखेको छ।

बैंकमा नयाँ सञ्चालक समिति चयनपश्चात बैंकको पर्फमेन्स राम्रो बन्दै गएको छ। सिटिजन्स बैंकको गत वर्षको असोजमा प्रवलजंग पाण्डेको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको थियो। त्यसयता बैंकको खुद नाफा, ब्याज ब्याज आम्दानी, वितरण योग्य नाफा, लाभांश क्षमता लगायत विभिन्न सुचचांकमा सकारात्मक सुधार भएको छ।

बैंकले गत वर्षको असोजको तुलनामा चालु वर्षको असोज मसान्तमा निक्षेप संकल ११.२८ प्रतिशतले, कर्जा प्रवाह ९.३१ प्रतिशतले, कुल सम्पत्ति १०.२० प्रतिशतले, खुद ब्याज आम्दानी ३.५६ प्रतिशतले वद्धि गरेको छ। चालु वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ९८ करोड खुद नाफा कमाउँदा ६ करोड ५२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो।

बैंकले गत वर्ष ६१ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो भने, उक्त आवको मुनाफाबाट बैंकले सेयरधनीालाई ४.२१ प्रतिशत लाभांश वितरण गरेको छ। अघिल्लो आर्थिक वर्षदेखि नै समग्र अर्थतन्त्र सुस्तताको अवस्थामा रहेको कारण केही बैंक तथा वित्तीय संस्थाहरुले सेयरधनीलाई लाभांश वितरण गर्ने गरी नाफा कमाउँन सकेनन्। तर, सिटिजन्स बैंकले भने सेयरधनीको हात खाली नराख्नु अहिलेको अवस्था सफलता हासिल गर्नु हो।

बैंकले नेपालको सबै प्रदेशमा समावेशी तबरले आफ्नो व्यवसाय विस्तार गर्न अघिल्ला वर्षहरुमा ६ वटा विभिन्न बैंक तथा वित्तीय संस्था गरी प्राप्ति गरेको थियो। बैंकले नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सृजना फाइनान्स प्राप्ति गरी देशको सातै प्रदेशमा आफ्नो उपस्थिति जनाएर समावेशी तबरले बैंकिङ गरिरहेको छ।

बैंकले हालसम्म देशभर १९९ शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर, र ७४ शाखारहित बैंकिङ इकाइहरू सञ्चालन गर्दै आएको छ। यसका साथै, १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय