मकवानपुर, मकवानपुरको बकैयामा टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका ४० वर्षीय सानु लो तामाङ रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बकैया गाउँपालिका वडा नम्बर ५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई काठमाण्डौ द्रुतमार्गमा टिपर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
हात्तिसुडेबाट द्रुतमार्गमा निर्माणका लागि ग्रावेल लोड लिई जादै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५र३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकको सोही ट्रिपरले च्यापिएर मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।