Sunday 19 January 2025 / आईतवार, ६ माघ २०८१

बुटवल , कपिलवस्तुमा शनिबार बिहान बस र कार एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३ मा भएको दुर्घटनामा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्युठानका ४३ वर्षीय निमबहादुर सारूको मृत्यु भएको हो ।

भैरहवाबाट तौलिहवाका लागि छुटेको लु २ ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवाका लागि छुटेको बा १४ च ७४४८ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए ।कारसँगै लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय