Sunday 19 January 2025 / आईतवार, ६ माघ २०८१

काठमाडौं, ओपनर देव खनाल र विलियम बासिस्टोको अर्धसतकसँगै कर्णाली याक्सले एनपिएलको १३औं खेलमा विराटनगर किंग्सलाई एक सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ३३ रन बनायो । उनले १९ ओभरको चौथो बलमा नन्दन यादव, पाँचौ बलमा युनिस ठकुरी र बिपिन शर्मा आउट भएका थिए । चारै खेलाडी गोल्डेन डक भए ।

तेस्रो विकेटको लागि ओपनर देव खनाल र चौथो नम्बर क्रिजमा पुगेका विलियम बोसिस्टोबीच १०३ रनको बलियो साझेदारी भएको थियो । एनपिएलको एकै इनिङ्समा दुई खेलाडीले अर्धसतक बनाएको पहिलो पटक हो । दुई खेलाडीपछि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियालाई यु१९ विश्वकपमा उपविजेता बनाएका ३१ वर्षीय दायाँ हाते बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । उनले ३७ बलमा तीन चौका र २ छक्कासहित ५० रन बनाएका हुन् । आफ्नो दोस्रो खेलमै अर्धसतक बनाएका बोसिस्टो समग्रमा प्रतियोगितामा अर्धसतक बनाउने १४औं खेलाडी बनेको छन् । बोसिस्टोको अर्धसतकसँगै १६।३ ओभरमा चार विकेट गुमाउँदै कर्णालीले ११४ रन बनाएको थियो ।

याक्सको लागि ओपनर देव खनालले ४८ बलमा चार चौका र २ छक्कासहित ५३ रन बनाए । देवले ४० बलमा चार चौका र २ छक्कासहित अर्धसतक बनाएका थिए । १२।६ ओभरमा देवले अर्धसतक बनाउँदा कर्णालीले दुई विकेट गुमाएर ९३ रन बनाएका थियो । यसअघि कर्णालीको लागि भारतीय चर्चित खेलाडी शिखर धवनले अर्धसतक बनाएका हुन् । यसअघि ओपनर शिखर धवन ५ रन तथा तेस्रो नम्बर क्रिजमा आएका वेष्ट इन्डिजका चाडविक वाल्टन १ रन बनाएर आउट भएका थिए । अक्सनमा सबै टोलीको नजरमा परेका गुल्शन झा गोल्डेन कडआउट भए । अर्जुन घर्ती पनि एक रन बनाएर मात्रै पेभिलियन फर्किएका थिए ।

विराटनगरका प्रतिश जिसीले सर्वाधिक चार विकेट लिए । उनले ४ ओभरमा एक मेडनसहित १७ रन खर्चिए । क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिँदा अकिव इल्यासको नाममा एक विकेट रह्यो । प्रतियोगितामा कर्णाली लगातार दोस्रो जितको खोजीमा छ । अन्तिम खेलमा चितवनलाई ६ विकेटले हराएको कर्णाली जनकपुरसँग ८ तथा काठमाडौंसँग ३ विकेटले पराजित भएको थियो । विराटनगरपनि दोस्रो जित निकाल्न चाहन्छ । टोली पहिलो खेलमा जनकपुरसँग ८ विकेट तथा सुदूरपश्चिमसँग ९० रनले पराजित हुँदा तेस्रो खेलमा लुम्बिनीविरुद्ध २ विकेटले विजयी भएको थियो । आज नै भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराउँदै लगातार तेस्रो जित निकालेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय