Sunday 19 January 2025 / आईतवार, ६ माघ २०८१

काठमाडौँ, राजधानी काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।काठमाडौँ महानगरपालिका(१५ डल्लु बस्ने ६० वर्षीय दिल बहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ, नागार्जुन नगरपालिका(३ गैरीगाउँ बस्ने हर्क बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय