Sunday 19 January 2025 / आईतवार, ६ माघ २०८१

काठमाडौँ, राजधानी काठमाडौँमा दुई जनासहित देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।काठमाडौं महानगरपालिका(१४ बल्खु डेरा गरी बस्ने महोत्तरी भांगाह नगरपालिका(४ घर भएका ६५ वर्षीय लाल बहादुर श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका-२४ नरदेवीस्थित पसरननी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बाग्लुङ, वरेङ गाउँपालिका-३ चाँदास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-४ सल्यान बस्ने ६३ वर्षीया यमसरी दमाई आइतबार मृत अवस्थामा फेला परेकी छिन् । मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ छुरिगाउँ बस्ने ५० वर्षीया शर्मिला डिम्डुङग सोही गाउँपालिका-४ पौवास्थित पौवा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

रौतहट, देवाही गोनाही नगरपालिका-२ लक्ष्मीनिया टोलस्थित लाल बकैया खोला नजिक खाल्डोमा जमेको पानीमा बौधीमाई नगरपालिका-५ कोप्वा टोल बस्ने शेख मनाउल्लाहकी छोरी ६ वर्षीया शबाना खातुन र छोरा ३ वर्षीय अबदुल रहमान आइतबार मृत अवस्थामा फेला परेका छन् । रुपन्देही, बुटवल उपमहानगरपालिका(११ देवीनगरस्थित हाटबजार लाग्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । संखुवासभा, चैनपुर नगरपालिका(१० हात्तिसुडे बस्ने ४८ वर्षीय सूर्य बहादुर दर्जी सोही ठाउँस्थित आफ्नै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय