Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं,एभरेष्ट फेसन होमको आयोजनामा संचालन हुने १३औं संस्करणको मिस तामाङ २०२१ का लागि आवेदन खुल्ला भएको छ । प्रतियोगिताको आयोजना सम्बन्धी आधिकारिक जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मलेनमा आयोजक संस्थाकी अध्यक्ष रंजिता लामाका अनुसार तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि मिस तामाङ प्रतियोगिताले निरन्तरता पाउँदै आएको हो ।
मिस तामाङ २०२१ म सहभागि हुनका लागि तामाङ जाति हुनुपर्ने, सहभागि १६ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता कम्तीमा एसईई तोकिएको छ । सहभागिताका लागि माघ ९ गते अन्तिम समय तोकिएको छ । आयोजक संस्थाकी रंजीताका अनुसार माघ १० गते आवेदन दिएकाहरुको अडिसनबाट छनौट गरि माघ १४ बाट तालिम सुरु हुनेछ । मिस तामाङ बिजेताले नगद १ लाख रुपैयाँ, फस्ट रनर अपले ५० हजार रुपैयाँ, सेकेण्ड रनर अपले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने तीनै जना विजेताले सिल्भर क्राउन र अन्य गिप्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगितामा अन्य विभिन्न १० वटा सवटाइटल बिजेतालाई पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय