Friday 3 July 2026 / शनिबार, २० असार २०८३

काठमाडाैं,   इन्टरनेटको द्रुत वृद्धिले रचनात्मकता, सम्पर्क र शिक्षाका नयाँ अवसरहरूको ढोका खोलेको छ । यद्यपि, यसले अनलाइन उत्पीडन, गलत सूचना र ठगीजस्ता चुनौतीहरू पनि प्रस्तुत गरेको छ । विशेषगरी बालबालिका, महिला र सीमान्तकृत समुदायजस्ता कमजोर समूहका लागि सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्नु महत्त्वपूर्ण हुन्छ। टिकटकले यी चुनौतीहरूलाई आफ्नो​ सेफर टुगेदर (३क्बाभचत्यनभतजभच) अभियानमार्फत् सम्बोधन गरिरहेको छ जुन अभियान डिजिटल सुरक्षा र जिम्मेवार अनलाइन व्यवहारलाई बढावा दिन डिजाइन गरिएको हो।

डिजिटल सुरक्षाले प्रयोगकर्तालाई अनलाइन खतराबाट जोगाउने अभ्यास र उपकरणहरूलाई जनाउँछ, जसमा साइबरबुलिङ, चोरी पहिचान, गलत सूचना, ठगी र अन्य धेरै कुराहरू समावेश छन् । यसले प्रयोगकर्तालाई डिजिटल प्लेटफर्म जिम्मेवारीपूर्वक नेभिगेट गर्न, उनीहरूको गोपनीयताको रक्षा गर्न र अनलाइन समुदायमा सकारात्मक रूपमा योगदान गर्न सशक्त बनाउने बारेमा कार्य गर्दछ।

टिकटकको अभियान

टिकटकको सेफर टुगेदर अभियान एक सुरक्षित र सम्मानजनक अनलाइन ठाउँ सिर्जना गर्ने उद्देश्यले गरिएको पहल हो । यस प्रयासको केन्द्रबिन्दु सुरक्षा एम्बेसडर कार्यक्रम हो जहाँ प्रभावशाली नेपाली टिकटक क्रियटरहरू एवम् चर्चित र सार्वजनिक व्यक्तित्वहरूले डिजिटल सुरक्षाको बारेमा सचेतना प्रवर्द्धन गर्न र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे अर्थपूर्ण कुराकानीलाई प्रोत्साहित गर्न उदाहरणको रूपमा नेतृत्व गर्छन् ।

मिडियापर्सन एवम् कन्टेन्ट निर्माता ओशिन सिटौला भन्छिन्, ‘हामी सबै मिलेर गलत सूचनालाई सत्यले प्रतिस्थापन गर्न सक्छौं र सबैका लागि सुरक्षित र सकारात्मक अनलाइन ठाउँ सिर्जना गर्न सक्छौं । चाहे रिपोर्टिङ गरेर होस्, जागरुक बनाएर होस् वा दयालु व्यवहारले होस्, हाम्रा हरेक साना कदमहरू पनि महत्वपूर्ण हुन्छन् । एक अर्काको रक्षा गर्न र इन्टरनेटलाई राम्रो ठाउँ बनाउन एकजुट बनौँ । राष्ट्रिय फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी भन्छिन्, ‘सामाजिक सञ्जालमा उत्थान र प्रेरणा दिने शक्ति छ तर यसले हानी पनि गर्न सक्छ । यसलाई बुद्धिमानीपूर्वक प्रयोग गरौं र सकारात्मकता फैलाऔं । याद गर्नुहोस्, गलत जानकारी खतरनाक हुन सक्छ । सूचित हुनुहोस्, जिम्मेवार हुनुहोस्, अनलाइन सुरक्षित हुनुहोस् ।’

सामाजिक सञ्जालमा गरिने कमेन्टले पढ्ने व्यक्तिमा कस्तो प्रभाव पार्न सक्छ भनेर विचार गर्नुपर्ने अभिनेत्री प्रियंका कार्कीले बताइन् । ‘सबैसँग दयालु र सम्मानजनक व्यवहार गर्नुहोस् र कसैको कन्टेन्टमा कुनै पनि नकारात्मक टिप्पणी गर्नुअघि एक क्षण सोच्नुहोस् । तपाईंको शब्दले पढ्ने व्यक्तिमा कस्तो प्रभाव पार्न सक्छ भनेर विचार गर्नुहोस् । सबैका लागि थप सहयोगी र दयालु अनलाइन ठाउँ सिर्जना गर्नुहोस्,’ उनले भनिन् । प्रत्येक एम्बेसडरले आफ्ना दर्शकहरूलाई सुरक्षालाई प्राथमिकता दिन, हानिकारक व्यवहार रिपोर्ट गर्न र समावेशी समुदायहरूलाई बढावा दिलाउन प्रेरित गर्न आफ्नो प्लेटफर्म प्रयोग गर्दैछन् ।

छलफलमा सहभागिता

एम्बेसडरहरूको प्रयासले धेरै मानिसहरूलाई यस अभियानमा सामेल हुन प्रोत्साहित गरिरहेको छ । ठगीहरूबाट जोगिन शैक्षिक भिडियोहरूदेखि अनलाइन उत्पीडनको बारेमा प्रत्यक्ष छलफलहरूसम्म गरेर डिजिटल सुरक्षाका बारेमा कुराकानीहरू सामान्य बनाउन मद्दत गर्दै तिनीहरूले एक खालको लहर सिर्जना गर्दैछन् ।

टिकटकको अभियानको सफलता सामूहिक कार्यमा निर्भर गर्दछ । एम्बेसडरहरूको नेतृत्व पछ्याएर प्रयोगकर्ताहरूले आफूलाई र अरूलाई अनलाइन सुरक्षित गर्न हानिकारक सामग्री रिपोर्ट गरेर, ठगीबाट बचेर वा सम्मानजनक सञ्चार अभ्यास गरेर आफ्ना कदमहरू चाल्न सक्छन् ।टिकटकले नयाँ र सिर्जनात्मक टुल्स र शैक्षिक अभियानहरूमार्फत् प्रयोगकर्ता सुरक्षालाई प्राथमिकता दिन जारी राखेको अवस्थामा सुरक्षित डिजिटल भविष्य निर्माण गर्न सबैको भूमिका आवश्यक हुन्छ ।

safe together एउटा ह्यासट्याग मात्र नभई डिजिटल ल्यान्डस्केपलाई सबैका लागि सुरक्षित, समावेशी र सशक्तिकरण गर्ने ठाउँमा रूपान्तरण गर्ने सिङ्गो अभियान हो । एकार्कासँग हातेमालो गरौं र इन्टरनेटलाई सुरक्षित स्थान बनाऔं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय