Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं, स्पर्श म्युजिक भिडियो अवार्ड-२०२० मा बरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधान उत्कष्ट गीतकारको अवार्ड जितेका छन् । शनिबार ललितपुरको ग्वार्कोमा सम्पन्न अवार्डमा प्रधानले तिम्रो मुटुमा बोलको गीतबाट अवार्ड पाएका हुन् ।

झण्डै तीन दशकयता फोटो पत्रकारितामा सक्रिय प्रधान गीतकारका रुपमा समेत चिनिन्छन् । उनका दर्जनौँ गीत चर्चित गायक/गायिकाले गाइसकेका छन् । अवार्डर्डेड तिम्रो मुटुमा गीतको हालैमात्र भिडियो निर्माण गरिएको छ । उक्त गीतमा सरिता अधिकारीको स्वर र इश्वर खतिवडाको संगीत रहेको छ । कार्यक्रममा विभिन्न कलाकार तथा मोडलहरुलाई अवार्ड वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय