Monday 25 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडाैं , अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्पा २’ सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । तेलुगू फिल्मको हिन्दी संस्करणले श्रद्धा कपुर स्टारर कमेडी–हरर ड्रामा ‘स्त्री २’ को कमाइलाई पनि उछिनेको टाइम्स अफ इण्डियाले जनाएको छ । यसअघि शाहरुख खानको ‘जवान’लाई उछिन्दै ‘स्त्री २’ धेरै कमाउने हिन्दी फिल्म बनेको थियो । यस फिल्मको कमाइ ५९७.९९ करोड भारु छ ।

समाचारमा जनाइएअनुसार फिल्मले मंगलबार छिटो ६०० करोड भारु कमाउने रेकर्ड राखेको थियो । प्रदर्शनको १४ दिनसम्म अल्लु अर्जुनको ‘पुष्पा २’ ले ६०७.३५ करोड भारु कमाएको छ । चौधौं दिनमा मात्र फिल्मले १६.२५ करोड भारु कमाएको छ । पहिलो साता नै यसले ७२५ करोड भारु कमाएको थियो । त्यसको ६ दिनमा फिल्मले २५७ करोड भारु अतिरिक्त कमाइ गरेको हो ।

भारतभर अहिलेसम्म यो फिल्मको कलेक्सन ९७३.१ करोड भारु पुगेको छ । भारतभर धेरै कमाउने फिल्मको कीर्तिमान रच्न यो फिल्मलाई थप ३० करोड जरुरी हुन्छ । भारतमा अहिलेसम्म धेरै कमाउने इतिहास एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली २ : द कनक्लुजन’को नाममा छ, जसले भारतीय बक्स अफिसमा एक हजार ३० करोड भारु कमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय