Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं : बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ बाट एक साथ सार्वजानिक भएको गीत ‘घामको झुल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीत एवं किरण उप्रेतीको शब्दमा सार्वजनिक भएको छ ।

उक्त गीतको एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश मिश्रको रहेको छ । गीत अकष्टिक नेपालको स्टुडियो, नक्सालमा दिल समर्पण र राजाबाबु थारु ले रेकर्डिङ गरेका हुन् । गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई लाई फरक भेषभूषा एवं गीतको भाव सुहाउँदो अभिनयमा देख्न पाइन्छ । भिडियो जस्केलो क्रियशनको परिकल्पना र निर्देशनमा तयार भएको हो । गीतको भिडियोमा बबिना संगै अञ्जना दुलाल, सानुमाया तामाङ, विन्दु तामाङ र सम्झना तामाङ लाई नृत्यमा देख्न सकिन्छ, कलाकारलाई कविता तोलाङ्गीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय