Monday 25 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौं, अभिनेता धिरज मगर र अभिनेत्री मिरूना मगरलाई फिल्म (कुस्ती)बन्ने भएको छ। तमु ल्होसारको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा धिरज मगर र मिरूना मगरलाई प्रस्तुत गरिएको छ। पोस्टरलाई राकेश दाहालले डिजाइन गरेका हुन्। अनिल योञ्जनको लेखन तथा निर्देशनमा बनेको फिल्ममा कलाकार बुद्धी तामाङको निर्माण रहने छ। फिल्ममा धिरज र मिरूनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको ब्यानरमा बन्ने फिल्ममा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए। उनले भने, उनीहरू एक अर्कालाई धेरै माया गर्छन् तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका छन्। दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ।’कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए। उनले भने, ‘म यसै क्षेत्रमा छु। यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रूपमा अगाडि आएको छु। यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु। हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय बिस्तारै दिनेछौं।’

फिल्म आउँदो वर्ष भदौमा प्रदर्शन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय