Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

मोडलिङमा आफ्नो भविष्य खोज्ने युवा युवतीहरुमा लक्षित मोडलिङ प्रतियोगिता मिष्टर एण्ड मिस मोडल अफ द इयरको चौथौं संस्करण सम्पन्न भएको छ । राजधानी शहरको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगितामा प्रथम ठाकुर मिष्टर मोडल अफ द इयर तथा दिक्षा पाण्डे मिस मोडल अफ द इयर विजेताका रुपमा चयन भएका हुन् । प्रतियोगितामा साहिल थापा र जोया महर्जनले मिष्टर एण्ड मिस टिन मोडल अफ द इयरको उपाधि जित्न सफल भएका थिए । यसगरै विशप मालाकार र अपन्सा चौधरी फस्ट रनर अप, निश्चल खत्री र श्रेया श्रेष्ठ सेकेन्ड रनर अप तथा अस्वीन गुरुङ थर्ड रनर अपका रुपमा पुरस्कृत भएका थिए । मुख्य उपाधि विजेताहरुले जनही रु पच्चीस हजार नगद पुरस्कार सहित विभिन्न कलेजमा छात्रवृत्तिका साथै विविध गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए ।

एभरेष्ट इभेन्टस्को ब्यानरमा कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको यस प्रतियोगितामा सन्देश श्रेष्ठ र स्नेहा खड्का अर्गनाइजर च्वाइस, अंकित कार्की र सुदिप्ती के.सी. ब्राण्ड एम्बेसडर तथा सृष्टि देवानलाई ब्युटी विथ ब्रेनको अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय