Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

स्कुल अध्ययनरत बालबालिकामा केन्दि«त प्रतियोगिता किड्स मोडल अफ द इयर २०२४ सम्पन्न भएको छ । प्रतियोगितामा बालक तर्फ मल्लिक मित्तल विजेता बने भने बालिकातर्फ सिनियर उमेर समूहमा नुहाङ्मा राई र जुनियर उमेर समूहमा परिधि थापा मगर विजेता चयन भए । प्रतियोगिताम बालक तर्फ मिहाङ लावती फस्ट रनर अप र सफल आचार्य सेकेन्ड रनर अप, बालिका तर्फ सिनियर उमेर समूहमा शिखा के.सी. फस्ट रनर अप र वर्षा लिम्बु सेकेन्ड रनर अप तथा बालिका तर्फ जुनियर उमेर समूहमा सेहिना महर्जन फस्ट रनर अप र स्वर्णिमा वाग्ले सेकेन्ड रनर अप छनौट गरिएका थिए । मुख्य उपाधि विजेताहरुलाई जनही नगद रु दश हजार पुरस्कार प्रदान गरिएको थियो ।

एभरेष्ट इभेन्टस्का लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको यो प्रतियोगिताको फाइनल प्रतिस्पर्धा जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो । प्रतियोगितामा आरोन सरदार, आरुषी रावत र लोरान्स महर्जन अर्गनाइजर च्वाइस, सुज्ञान श्रेष्ठ, आइसा तामाङ र नियती सुनुवार ब्राण्ड एम्बेसडर चयन गरिएका थिए । ब्युटी विथ ब्रेनको अवार्ड भने सेसेना लावतीले प्राप्त गरिन् । कार्यक्रम कोरियोग्राफीको जिम्मेवारी आर्शु महर्जन र सुगन्धा अधिकारीले सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय