काठमाडाैं, अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ को उपलक्ष्यमा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्यान्ड’ले नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ । साङ्गीतिक यात्राको ३२औँ वर्षमा रहेको समूहले नयाँ यात्राको शुरूआत गर्दै गीत ल्याएको गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर गीतसङ्गीतमा रहेको ३२ वर्ष पूरा भइसकेको छ । केही समयको अन्तरालपछि सार्वजनिक गरिएको यो गीतलाई सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वका विषय समेटेर तयार गरेका छौँ । यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ ।’ उनले गीतले नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने बताए ।
‘हुनेछः द सङग अफ होप’मा शब्द रचनासँगै सङ्गीत समूहका ‘ड्रम’ वादक सुनिल थापाले दिएका छन् । गीतको श्रव्यदृश्यको निर्देशन र कथा केदार भुसालले तयार गरेका हुन् । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा, ‘लिड गितार’मा देव लामा, ‘बास गिटार’मा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।