Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौँ, फिल्म (कार्साङ) को ट्रेलरले युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेन्डिङमा उक्लिएको ट्रेलरमा आएका प्रतिक्रियाहरू पनि सकारात्मक छन्। ट्रेलर अहिले युट्युबको नेपाल ट्रेन्डिङको फिल्म खण्डतर्फ दोस्रो नम्बरमा छ। पहिलो नम्बरमा सलमान खानको फिल्म (सिकन्दर) को टिजर छ। तेस्रोमा (बेबी जोन) को ट्रेलर छ। (कार्साङ) को कुरा गर्दा ट्रेलरमा दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने अपेक्षा गरेका छन्।

ट्रेलरलाई शुक्रबार बिहानसम्म ७ लाख ३५ हजारभन्दा बढीपटक हेरिएको छ। यम शेर्पाको लेखन तथा निर्देशन रहेको यो फिल्म आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। (यही तहको माया हामीले हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ,) निर्देशक यम शेर्पाले भने, (दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले फिल्म बनाएका छौं।(फिल्ममा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारहरूको अभिनय छ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मको निर्माता तथा छायांकार पुरूषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय