काठमाडाैं, वरुण धवनको फिल्म ‘बेबी जोन’ सन् २०२४ को सबैभन्दा ठूलो फ्लप फिल्म बनेको छ । फिल्मबाट निर्मातालाई ठूलो नोक्सान भएको छ । कोइमोईमा प्रकाशित रिपोर्टका अनुसार ‘बेबी जोन’ले पहिलो १६ दिनमा ३९।२८ करोड मात्रै कमाउन सकेको छ ।यो विजयको फिल्म ‘थेरी’को हिन्दी रिमेक हो । तर, रिलिज हुनुअघि ‘बेबी जोन’का निर्माताले आफ्नो फिल्म ‘थेरी’को रिमेक नभएको बताएका थिए ।
‘थेरी’ सन् २०१६ मा आएको थियो । यसबाहेक ‘पुष्पा २’, ‘मार्को’ र ‘मुफासाः द लायन किङ’का कारण पनि ‘बेबी जोन’ले घाटा बेहोरेको छ । ‘बेबी जोन’ रिलिज हुँदा ‘पुष्पा २’ सिनेमाघरमा झण्डै २० दिन भइसकेको थियो ।
अहिले ‘बेबी जोन’का छनोट शो मात्र चलिरहेका छन् । मिडिया रिपोर्टका अनुसार यो १६० करोडको बजेटमा बनाइएको हो । तर यसले बजेटको २४.५५ प्रतिशत मात्रै उठाएको छ । फिल्मबाट निर्मातालाई १२०.७२ करोड घाटा भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।


