Thursday 6 February 2025 / बिहीबार, २४ माघ २०८१

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न भएको छ । बाक्लो दर्शकहरुकोवीच आयोजित सो प्रतियोगिताको ग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा सम्पन्न भएको हो । प्रतियोगितामा जुनियर नृत्य तर्फ ग्रीष्मा थापा मगर,सिनियर नृत्य तर्फ प्रिया जिरेल र गायन तर्फ शृञ्जोय मित्र विजयी बन्न सफल भएका थिए । यसै गरि पब्लिक च्वाइस बिजेता जुनियर नृत्य तर्फ तपोश पौडेल , सिनियर नृत्य तर्फ एन्जल झा र गायन तर्फ अक्ष्यज पाठक बन्न सफल भएका थिए । उक्त कार्यक्रमको निर्णायक मण्डल मा नृत्य तर्फ बरिस्ठ नृत्य निर्देशक प्रेम लाल श्रेष्ठ, एमएस ईन्टरनेशनल तथा डान्सर सीता सुवेदी, कलाकार तथा मोडल उषा सुवेदी थिए भने गायन तर्फ गायक तथा संगीतकार जीवन चौलागाईं (सम्राट),गायक तथा संगीतकार जय बहादुर देवकोटा, र गायिका तृप्ती खड्का ‘गुरुङ’ रहेका थिए ।

जुनियर डान्स , सिनियर डान्स र गायन गरेर ३ वटा विधा रहेको प्रतियोगीतामा कक्षा ३ देखि ९ सम्मका प्रतियोगीहरु रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुबाट छनौट भएका विद्यार्थीहरुले ग्राण्ड फिनालेमा आ आफ्ना प्रस्तुती प्रर्दशन गरेका थिए ।
ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आयोजित उक्त प्रतियोगीताको प्रतियोगीहरुलाई करिव २ महिनाको विभिन्न लाभदायिक प्रशिक्षण पश्चात ग्राण्ड फिनाले मा उतारिएको थियो ।

उक्त प्रतियोगिताका प्रतियोगीहरुलाइ नृत्य बिधामा नृत्य निर्देसक सन्दीप भुजेल, सुरज तामाङ र शान्ती तामाङले प्रशिक्षण दिएका थिए, भने गायन तर्फको प्रतियोगीहरुलाइ गायिका प्रिती रिमाल र संगीतकार जीवन बाडुले प्रशिक्षण दिएका थिए।
बालवालिकाहरुमा नेपाली कला संस्कृतिको जानकारी दिनुका साथै उनीहरुको प्रतिभामा थप निखारता ल्याई कार्यक्रमको माध्यमबाट प्रतिभा प्रस्फुटन गर्नु संस्थाको उद्देश्य रहेको आयोजक प्रमुख सबिना श्रेष्ठले जानकारी दिईन ।

विजेतालाई विभिन्न संघ संस्थाबाट क्राउन,ट्रफी सहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रतियोगिता संचारकर्मी सोनित राज ढुंगेलले संचालन गरेका थिए । कार्यक्रममा नायक श्रीदेव भट्टराई, कलाकार गोपाल ढकाल लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।

विजेता,उपविजेता तथा टाईटल होल्डरको नाम यस प्रकार रहेको छ ।

जुनियर डान्स विजेता:
गृष्मा थापा मगर पब्लिक च्वाइस विजेता: तपोष पौडेल पहिलो उपविजेता: सेम्साङ लामा दोस्रो उपविजेता: इवाना राई तेस्रो उपविजेता: सिवानी खड्का

सीनियर डान्स प्रतियोगिता विजेता :
विजेता: प्रिया जिरेल जनप्रिय : एन्जल झा पहिलो उपविजेता: पासाङ डोल्मा लामा दोस्रो उपविजेता: बिनिता जैसी तेस्रो उपविजेता: मनिता श्रेष्ठ गायन विजेता : श्रीन्जोयी मित्रा जनप्रिय विजेता : अक्षयज पाठक पहिलो उपविजेता : सम्योग कालिकोटे दोस्रो उपविजेता : लक्ष्मण गोराल तेस्रो उपविजेता : सोमिका मोक्तान

गायन विजेता :
श्रीन्जोयी मित्रा जनप्रिय विजेता : अक्षयज पाठक पहिलो उपविजेता : सम्योग कालिकोटे दोस्रो उपविजेता : लक्ष्मण गोराल तेस्रो उपविजेता : सोमिका मोक्तान

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय