Saturday 19 July 2025 / शनिबार, ३ श्रावण २०८२

काठमाडाैं, लोकप्रिय सामाजिक एप्स टिकटक अमेरिकामा बन्द टिकटकभएको छ ।अमेरिकी सर्वोच्च अदालतले शुक्रबार आफ्नो आदेशमा चिनियाँ भिडिओ शेयरिङ एप टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानूनलाई मान्यता दिएको छ।

तर, टिकटकले अमेरिकी प्रतिबन्ध लाग्नुअघि नै अमेरिकामा आफ्नो सेवा बन्द गरेको हो । अमेरिकी राष्ट्रपतिको पद डोनाल्ड ट्रम्पले सम्हालेपछि टिकटक बन्द गर्ने तयारीमा थिए । ट्रम्पले सोमबार शपथ लिँदैछन् । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता रहेको बताइएको छ । यसअघि नै अमेरिकी संसद्ले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसद्कै निर्णय सदर भएको छ । टिकटकले व्यक्तिगत गोपनियताको हनन् गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै बन्द गराउने निर्णय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय